हत्या अभियोगमा दुई जना पक्राउ



काठमाडौं । चन्द्रागिरिमा हतियार प्रयोग एक जनाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधाराका २५ वर्षीय रोशन रिजालको हत्यामा संलग्न रहेको भन्दै मकवानपुर थाहा नगरपालिका–१० का २१ वर्षीय अभिषेक बस्नेत र १९ वर्षीय अनुज बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फलामको दाउ र कैँचीको प्रयोग गरेर रिजालको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिए । हत्या गरेलगत्तै फरार रहेका अनुजलाई चन्द्रागिरिबाट र अभिषेकलाई धादिङ प्रहरीको सहयोगमा धादिङको नीलकण्ठ नगरपालिकाबाट पक्राउ गरिएको हो ।

घटनापछि गम्भीर घाइते भएका रिजालको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा चन्द्रागिरि नगरपालिका–१ दहचोक बस्ने २२ वर्षीय नीरज मगर घाइते भएका छन् ।

उनको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको प्रवक्ता मैनालीले बताए । घटनालगत्तै महानगरीय प्रहरी प्रभाग बलम्बु, महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी परिसर काठमाडौँको टोली अनुसन्धानमा खटिएको थियो । पक्राउ दुवै जनालाई सोमबार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने

उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा