बालिकाको मृत्यु भएपछि झारफुक गर्ने एक महिला पक्राउ



काठमाडौं । झारफुक गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवन पानीट्याङ्की बस्ने ‘माता’ भनिने ४८ वर्षीय उमा शाही ठकुरीलाई पक्राउ गरेको हो ।

शनिबार  बिहान ६ बजे सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी–७ धुन्चेपाखा बस्ने १४ वर्षीया बालिकालाई ठकुरीले झारफुक गर्ने क्रममा बेहोस भएकी थिइन् । बेहोस भएकी बालिकालाई उपचारको लागि मनमोहन मेमोरियल अस्पतालमा ल्याइएकोमा बालिकाको मृत्यु भइसकेको बताएको थियो ।

त्यो खवर पाएपछि महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली अस्पताल पुगी शवको जाँच मुचुल्का र घटनास्थलको मुचुल्का उठाएको थियो । प्रहरीले बालिकाको शवलाई पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको बताएको छ ।

अनुसन्धानको क्रममा मृतकलाई उनकी आमाले २२ दिन पहिले उपचारको लागि ठकुरीको झारफुक केन्द्रमा ल्याई छोडेको खुलेको छ। प्रहरीले ठकुरीलाई नियन्त्रणमा लिई कर्तब्य ज्यान कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने

  प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड सहयोग

  काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैङ्क, आइएमई ग्रुप