पचास लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ



काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको ५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

विराटनगरबाट काठमाडौँ आउँदै गरेको सौर्य एयरलाइन्सको जहाजमा सोही एयरलाइन्सका विराटनगर स्टेशन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला राखेको सूचनाका आधारमा काठमाडौँमा जाँचका क्रममा उक्त नगदसहित प्रहरीले पोखरेललाई पक्राउ गरेको हो । पोखरेल सौर्य एयरलाइन्समा एसिसटेन्टका रुपमा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीसँग एक हजारका दरले चार हजार ९०० थान र पाँच सयका दरका १०० थान गरी ५० लाख नगद बरामद गरेको हो । बरामद रकमसहित पोखरेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने

  प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड सहयोग

  काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैङ्क, आइएमई ग्रुप