अन्तरजातीय विवाह गरेका युवक एकहप्तादेखि बेपत्ता



सिमकोट । अन्तरजातीय विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेका छन् ।

सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिका–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेको भन्दै युवती पक्षले युवक पक्षीय कामीलाई निर्घात कुटपिट गर्नुका साथै हप्ता दिनदेखि पारेका छन् भने घरमा तोडफोड गरेका छन् ।

गत मङ्सिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेर आफ्नो घरमा ल्याएको भन्दै युवती पक्षका करिब २० जनासम्मको समूहले मङ्सिर २९ गते बुधबार रातिको समयमा जैरका गाउँका अन्य छिमेकीका घरमा ताला लगाई आफ्नो घरको ढोका, झ्याल र छतको दाँती फाल्दै घरपरिवारलाई निर्घातरूपमा कुटपिट गरेको गुनासो बुवा धनजय कामीले गरे ।

उनले भने, “अन्तरजातीयको युवती विवाह गरेका कारण छोराले कुटाई खानुपर्यो, घरमा तोडफोड भयो, कुटपिटसँगै छोरालाई अपहरण गरी लिएर आजसम्म भेटाउन सकिएको छैन ।” खै छोरालाई कुन कर्णाली नदीमा फालेहोलान् अत्तोपत्तो छैन ।”

कामी र मल्ल अन्तरजातीय भएका कारण भागी विवाह गरेका कारण उनीहरूले विवाह गरेर भागेको दिनदेखि युवती माइतपक्षको धम्की सहँदै आउनुपरेको थियो । माइती पक्षको धम्कीका कारण छोराबुहारी सर्केगार्ड गाउँपालिकाका वडा नं २ को रीपगाउँमा बस्दै आएको बुवा कामीले बताए । यता लिपु्रका माइती पक्षले खोजिरहेको भए पनि भेट्टाउन सकेका थिएनन् ।

पछि माइती पक्षबाट अहिलेको जमानामा पनि के को जातपात, आउ भेटौँ भनेर बोलाएपछि उक्त जोडी घरमा आएका हुन् । बुधबार राति मात्रै युवकको घरमा माइतीपक्ष आएर युवकलाई निर्घात कुटपिट गरेका थिए । हुम्लाबाट युवायुवतीलाई लिएर मुगु पुगेको भए पनि युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने युवक अझै बेपत्ता पारिएका छन् ।

निर्घात कुटपिटपछि युवकलाई कहाँ लिए अझै अत्तोपत्तो हुनसकेको छैन । घटनाका विषयमा प्रहरीलाई जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली र मुगु जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बेपत्ता युवक कामी र युवती मल्ल पक्षका दुवैसँग बुझने र आवश्यक अनुसुन्धान भइरहेकाले युवती पक्षको बुवालाई प्रहरीले अनुसुन्धानका लागि नियन्त्रण लिएको बताए । प्रहरीले माइती पक्षका बुवा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।

घटनास्थलमा प्रहरी नायब उपरीक्षक शर्मा आफँै पुगेका छन् । बेपत्ता पारिएका युवक अझै भेट्टाउन सकिएको छैन । प्रहरीले अनुसन्धान र खोजी तीव्र पारेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डक जलविद्युत केन्द्रमा दुई महिनादेखि उत्पादन पूर्णरुपमा बन्द, दैनिक आठ लाख घाटा

गण्डक जलविद्युत केन्द्रमा दुई महिनादेखि उत्पादन पूर्णरुपमा बन्द, दैनिक आठ लाख घाटा नवलपरासी

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र

आकर्षक गन्तव्यको रुपमा विकास हुँदै ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’

अच्युत रेग्मी, धादिङ ।  स्वच्छ हावापानी, घना जंगल, चराको चिरबिर आवाज, जंगलभित्र ढकमक्क

गृह मन्त्रालयले हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न दियो तीन बुँदे निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत