अरुण दास हत्यासंग सम्बन्धित अडियो रेकर्ड फेला (अडियोसहित)



धनगढी । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको विभत्स हत्यापछिको फोन रेकर्ड बाहिरिएको छ । हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएको हो । फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिएको बताएका छन् ।

मनोजले फोन रेडर्कमा भनेका छन्, ‘घाटी अलग छ शरीर अलग छ। तपाईँ एक÷दुई दिनमा थाहा पाउनुहुन्छ।’ मनोजले नेपालगञ्जको रुपडिया नाका हुँदै भारत गइरहेको पनि फोनमा बताएका छन् । प्रहरीका अनुसार दासको विभत्स ढंगले हत्या गरिएको छ। उनलाई सुरुमा रुखमा बाँधेर नग्न बनाइएको छ । त्यसपछि घाँटी रेटेर टाउको अलग बनाइएको छ । उनले भने, ‘रुखमा बाँधिएर नग्न बनाइएको छ । दुईवटै हात समेत पछाडि पारेर बाँधिएको छ । पछि घाँटी रेटेर टाउको छिनालिएको देखिन्छ ।’

सामान्य परिवारका दास पुस २ गते साँझ घरबाट निस्केका थिए । राति घर नफर्केका दास पुस ३ गते दिउँसो स्थानीय घाँस काट्ने महिलाहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली अनुसन्धानमा जुटेको छ । कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीसहित प्रहरी टोली अनुसन्धानको लागि पुस ३ गते नै तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो ।

‘हत्यापछिको अडियो रेकर्ड हामीले पाएका छौं,’ एसपी अधिकारीले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ। शंकास्पद व्यक्ति उपर अनुसन्धान बढाएका छौँ। डग स्निफिङ पनि गराइएको छ।’ स्थानीयका अनुसार मृतक दासका बुवा, आमा र दाइ भारतमा रोजगारीको लागि बस्दै आएका छन्। जानकी गाउँपालिकामा उनका श्रीमती, छोरी र भाउजु बस्दै आएका छन् ।

स्थानीयका अनुसार दास भने नेपाल–भारत गरिरहन्थे। एक प्रहरी अधिकारीका अनुसार लागुऔषध प्रयोगकर्ताहरुको अखडा बन्दै सो क्षेत्रमा लागुऔषधकै विषयमा भएको विवादले विभत्स हत्या भएको हो। तर यसबारे प्रहरीले पुष्टि गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी हुँदैछ खुर्कोटस्थित सुनकोशी नदीमा बेलिब्रिज जडानको काम(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माणको काम सुरु

प्रहरीबाट पाएको आधिकारिक जानकारीपछि सदनबाट सहकारी ठगीमा रवि लामिछाने निर्दोष भनेको हुँः प्रचण्ड

भरतपुर । । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय

मंसिरमा हुने उपनिर्वाचनका लागि २५ दल दर्ता

काठमाडौं । आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् ।