गुण्डागर्दी गरी रकम असुलीको गरेको अभियोगमा दुई जना पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गुण्डागर्दी गरी रकम असुल्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँको पानीपोखरीस्थित युनिभर्सल इन्टरनेशनल म्यानपावर कम्पनीका सञ्चालकलाई विदेश पठाएका व्यक्तिबाट लिएको रकममध्ये प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले एकमुष्ठ ९० लाख २५ हजार असुल्न खोज्ने काठमाडौँ सुकेधाराका ४० वर्षीय मिलन जोशी र दोलखाका ३५ वर्षीय रवीन्द्र बस्नेतलाई आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

निषेधाज्ञाका कारण म्यानपावर चल्न नसकेको अवस्थामा कमिशन र दशैँ खर्च मागेर सञ्चालक र सञ्चालकका परिवारलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि ‘आपराधिक लाभ लिएको कसुर’ मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंसिरमा हुने उपनिर्वाचनका लागि २५ दल दर्ता

काठमाडौं । आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् ।

चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली

कैलाली । नेपालीहरुको महानचाड बडादसैँ तथा दिपावली नजिकीएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत

चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी जाँच सुरु

धरान (सुनसरी) । चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका