एक क्विन्टल गाँजासहित महोत्तरीमा तीनजना पक्राउ



महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँबाट सशस्त्र प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ बस्ने ६० वर्षीय रामखेलावन मण्डल, वडा नं ५ बस्ने ३६ वर्षीय रमेश पासवान र जलेश्वर नगरपालिका–७ बस्ने ५० वर्षीय सुरेश यादव रहेका सशस्त्र प्रहरी बल नेपाल ९ नंका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल–२ नं छिन्नमस्ता बाहिनीपति (डिआइजी) गणेशबहादुर थापामगरले विशेष सुराकीका आधारमा टोली खटाई नेपालबाट भारत तस्करी गर्ने उद्देश्यले शुक्रबार मध्यरातमा एकडारा गापा–५ स्थित एक घरमा सात पोकामा एक क्विन्टल गाँजा प्याकिङ गरिरहेका बेला तीनै जनालाई गाँजासहित पक्राउ गरिएको जनाइएको छ । गाँजासहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीनकुनेमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा थप एकजना पक्राउ

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आगजनी र तोडफोडमा संलग्न भएको

२०७२ को भूकम्पकपछि पुनःनिर्माण भएको बारपाक(फोटोफिचर)

विसं २०७२ को भूकम्पछि पुनःनिर्माण भएको गोरखाको उत्तरी भेगमा पर्ने वारपाक गाउँ ।

संरक्षणको पर्खाइमा कोलुङ्ग झरना

पथरी ।तराईमा पनि झरना हुन्छभन्दा धेरैलाई अचम्म लाग्नसक्छ तर मोरङको सामलिङ्गमा मनै लोभ्याउने

बुल्दीखोला पुल सम्झौताभन्दा चार महिना अगावै तयार

तनहुँ ।  तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको