आठवटा भाषा एकैसाथ सुन्न सकिने पाँच हजार क्षमताको सभाहल निर्माण अन्तिम चरणमा



सिद्धार्थनगर । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन पाँच हजार जना अट्न सक्ने क्षमताको सभाहल तथा ध्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ । लुम्बिनी तीर्थयात्री र पर्यटकको गन्तव्य त छँदैछ त्यसका अतिरिक्त सार्कजस्ता अन्य अन्तर्राष्टिय सेमिनार सम्पन्न गराउन सकिने गरी ध्यान केन्द्र तथा सभाहलको निर्माण थालिएको थियो ।

हल निर्माणको काम अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए । उपाध्यक्ष मेत्तेयाले भने, “एकैपटकमा यति धेरै सङ्ख्यामा मानिस बस्न मिल्ने हल बहुउपयोगी हुनेछ । यहाँ अन्तर्राष्ट्रियस्तरका ध्यान तथा सार्कस्तरीय सम्मेलन पनि सहजै गर्न सकिन्छ ।”

अत्यन्तै आकर्षक स्वरुपमा बनाउन थालिएको सभाहल तथा ध्यान केन्द्रको छानो गोलाकार आकारमा डिजाइन गरिएको छ । भित्रपट्टि कमलको फूलको आकर्षक प्रतीक अङ्कित छ । हलमा ध्यान गर्नेहरु पलेटी मारेर बस्दा पाँच हजार जना सजिलै अट्ने क्षमता रहेको छ भने कुर्सी राखेर बस्दा आठ हजार अट्ने सदस्यसचिव सानुराजा शाक्यले बताए।

एक वर्गमिटरमा एक कुर्सी अट्ने प्राविधिक विश्लेषण रहेको छ । आठ हजार ३०० वर्गमिटरमा फैलिएको ध्यान केन्द्र रहेको छ । यसलाई सात डिग्रीसम्म तापक्रम तलमाथि हुनसक्ने इपिसएस प्यानल प्रयोग गरेर छानो छाइएको छ ।

उक्त ध्यान केन्द्र तथा सभाहलको जग निर्माण पनि विशेष डिजाइनमा गरिएको छ । १० मिटर गहिराइका १४० वटा पाइल फाउण्डेशन बनाइएको छ । उक्त फाउण्डेशन माथि एक वर्गमिटर गोलाइको ४० वटा पिलर ठड्याएर छानो राखिएको छ । छानो पनि आकर्षक रहेको छ ।

उक्त हल तथा ध्यान केन्द्रको पहिलो चरणको आयोजनाअन्तर्गत अनक अर्घाखाँची, बाबुल जेभी कम्पनीले रु २८ करोड १३ लाख लागतमा निर्माण गरेको हो । उक्त लागतमा विभिन्न कारणले ११ प्रतिशत भेरियसन भएको थियो । दोस्रो चरणको काम ३३ करोड लागतमा निर्माणाधीन छ । दोेस्रो चरणको काम भौतिकरूपमा ७० प्रतिशत सकिसकेको विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए ।

सभाहलको शिलान्यास विसं २०७५ वैशाख पूर्णिमामा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । सभाहलमा आठवटा भाषामा एकैसाथ सुन्न सकिने गरी एकैपटक हेडफोन प्रयोग गर्न सकिने ध्वनि व्यवस्थापन पनि गरिने छ ।

ध्यान केन्द्र तथा सभाहलमा प्रवेश गर्ने ढोका पासवर्डले खोल्न सकिने गरी निर्माण हँुदैछ । यसैगरी उक्त हलमा ५५ साना ढोका रहनेछन् । हलको वरिपरिको पर्खालमा गौतमबुद्धको दुई फिट उचाइका ९७ वटा मूर्ति राखिने भएको छ ।

सभाहल तथा ध्यान केन्द्रको मुख्यद्धारमा छ फिट अग्लो बुद्धमूर्तिसमेत राखिने छ । भिआइपी पाकिङ रहने र उक्त पार्किङमा ५० गाडी अट्ने क्षमता रहेको छ । हलको दायाँबायाँ भिभीआइपी लन तथा प्रतिक्षालयसमेत निर्माण भइरहेको छ ।

यसैगरी ६० जनाले एकैसाथ प्रयोग गर्न सक्ने गरी महिला पुरुषको अलग–अलग शौचालय निर्माण भइरहेको छ । लुम्बिनीमा हरेक वर्ष आयोजना हुने बुद्ध जयन्ती तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनका लागि लाखौँ रकम खर्चेर अस्थायी हल बनाउने गरिएको छ ।

सन् २०१६ मा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्ती कार्यक्रम मनाउने गरी अस्थायीरूपमा हल निर्माण गरिएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली आएका थिए ।

तर अकस्मात आएको हाबाहुरीसहितको पानीले उक्त अस्थायी हल भत्कँदा कार्यक्रमसमेत प्रभावित हुन पुग्यो । त्यति नै बेला तत्कालीन प्रधानमन्त्री ओलीले लुम्बिनीमा एक स्थायी सभाहल र त्यहीँ रहने गरी ध्यान केन्द्र निर्माण गर्ने घोषणा गरेको र त्यसपछि हल निर्माणले गति लिएको कोषका वरिष्ठ प्रशासकीय प्रमुख ज्ञानिन राईले बताए । गत बिहीबार लुम्बिनी आएकी राष्ट्रपति भण्डारीले सो हलको निरीक्षण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा