दोलखामा एकै परिवारका तीनजना मृत फेला



चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा एकै परिवारका तीनजना सुतेकै अवस्थामा गएराति मृत फेला परेका छन् । मृत फेला पर्नेमा अन्दाजी २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती अन्दाजी २६ वर्षीया अम्बिका तामाङ र उनका पाँच वर्षीया छोरी रहेको छौंडे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु दाहालले जानकारी दिए ।

झ्यालबाट नियाल्दा तीनैजना मृत देखिएकाले घटनास्थललाई सुरक्षित राखिएको उनले बताए । घटनाको बारेमा आज बिहान स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरीचौकी छौंडेबाट घटनास्थलमा पुगेका प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय चरिकोटका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

मृतकमध्ये अम्बिका पाँच दिनकी सुत्केरी रहेकीले कोइला बालेर सुतेको हुनाले झ्याल ढोका बन्द भएको अवस्थामा निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतका प्रधानन्यायाधीश चन्द्रचुड काठमाडौंमा

काठमाडौं । भारतका प्रधानन्यायाधीश डा. धनञ्जय यशवन्त चन्द्रचुड काठमाडौं आएका छन् । प्रधानन्यायाधीश

जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौँ आउने

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको आइतबार नेपालको औपचारिक भ्रमणमा आउने भएकी छन्

एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एकसय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ

प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको