नेपाली र अमेरिकी सेनाको संयुक्त सैन्य तालिम सम्पन्न



काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच गत कात्तिक १५ गतेदेखि सञ्चालन भएको संयुक्त तालिम मंगलबार समापन भएको छ । काठमाडौँ, पोखरा र अन्नपूर्ण आधार शिविर बेस क्याम्प इलाकामा सञ्चालन भएको तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धारजस्ता विषयको सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको थियो ।

तालिममा नेपाली सेनाबाट विपद् व्यवस्थापनमा खटिदै आएका ४५ जना र अन्य सम्बद्ध निकायबाट चार जना गरी जम्मा ४९ जना तथा अमेरिकी सेनाका १७ जनासमेत ६६ जनाले भाग लिएका थिए ।

संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरुमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धारसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक क्षमता अभिवृद्धिका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीको प्रमुख आतिथि रहेको समापन कार्यक्रममा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जन कुमार श्रेष्ठ, युद्धकार्य विभागका प्रमुख उपरथी निर्मलकुमार थापालगायत नेपाली सेना तथा अमेरिकी सेनाका अधिकृतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लाको चेरेचौरबाट हिउँले सेताम्मे देखिएका फाँट(तस्बिरमा)

जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू । तस्बिर : विजय

विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी

दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा

सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग

१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ