हुम्लामा हेलिकोप्टरमा खाद्यान्न ढुवानी



सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमबारदेखि खाद्यान्न ढुवानी थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि खाद्यान्न ढुवानी नभएपछि यहाँ भोकमारीको खतरा देखिएको थियो ।

हेलिकोप्टरमा सिमकोट र हिल्साबाट खाद्यान्न लिमी पुर्याइएको हो । लिमीका लागि ५०२ क्विन्टल खाद्यान्न ढुवानी गरिने बताइएको छ । पुनः आज सिमकोट र हिल्साको खाद्यान्न ढुवानी गरिने प्रजिअ आचार्यले जानकारी दिए ।

लिमी, हल्जी, तील, जाङ र हल्जीमा ढुवानी गरिएको खाद्यान्न वितरण गरिने वडाध्यक्ष पाल्जोर तामाङले बताए । खाद्यान्न अभाव भएपछि स्थानीय प्रशासनलाई गुहार्न लिमीबाट २७ सदस्यीय टोली सिमकोट आइपुगेको थियो । खाद्यान्न ढुवानीका लागि पहल गर्न सङ्घीय सांसद् रङ्गमती शाही लिमी पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

  म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

  काठमाडौँ ।  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट  ५० करोडभन्दा बढी राजस्व