नेपाली सेनालाई भारतीय सेनाद्वारा पाँच थान ट्रक सहयोग



काठमाडौं । नेपाली सेनालाई सहयोगस्वरूप भारतीय सेनाले पाँच वटा वर्कशप ट्रक उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा बिहीबार आयोजित कार्यक्रममा नेपाली सेना हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई भारतीय दूतावासका सैनिक सहचारी कर्णेल अमित शर्माले ती ट्रक हस्तान्तरण गरेका हुन् ।

नेपाल–भारत द्विपक्षीय परामर्श समूहको विसं २०७५ मङ्सिरमा काठमाडौँमा सम्पन्न १३औँ बैठकमा भएको सहमतिअनुरूप ती साधन हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले यस्ता सहयोगले दुई देशबीचको सैनिक सम्बन्ध थप प्रगाढ हुनुका साथै सेनाको कार्य क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्याय सेवाका सात जना सहसचिवमा र १६ जना उपसचिवमा बढुवा

काठमाडौं । न्याय सेवा आयोगको शुक्रबार बसेको बैठकले सात उपसचिवलाई सहसचिव र १६

सार्वजनिक सवारीमा लगाइएको जोर विजोर प्रणाली हटाउने प्रशासनको निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली हटेको छ

श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा नजान श्रम मन्त्रालयको अपील

काठमाडौं । भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक

२८ करोड राजस्व छलीको मुद्दामा रायभरलाई २५ हजार धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले बाराका उमाशंकर रायभरलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न