राष्ट्रिय एकता दिवस राष्ट्रियरूपमा मनाउन परिषदले सरकारलाई दबाब दिने



काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद नेपालले राष्ट्रिय एकता दिवस राष्ट्रिय रूपमा मनाउन सरकारलाई दबाब दिने भएको छ । सोमबार परिषदका अध्यक्ष केवि राउतले विज्ञप्ति जारी गरी भदौ ७ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको १९ बुँदे माग पूरा गर्न दबाब दिने बताएका हुन् ।

प्रधानमन्त्रीसमक्ष पेश गरिएको ज्ञापन पत्रको बुँदा नम्बर १८ मा “राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदान र मार्गदर्शनलाई राष्ट्रले भुलेको छैन र भूल्न पनि हुँदैन त्यसैले राष्ट्र निर्माताको सम्झनास्वरूप राष्ट्रिय एकता दिवस राष्ट्रियरूपमा मनाउने व्यवस्था गरिनुपर्ने”माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संसारका कुनैपनि मुलुकले आफ्नो राष्ट्र निर्मातालाई बिर्सेर मुलुकको इतिहास नै मेटाउने गरेको देखिदैन । साना(साना राज्यमाविभाजितबाईसे चौबिसे राज्यहरूलाई एकीकरण गरी विशाल नेपालको परिकल्पना श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नगरेको भए ती राज्यहरूसँगै नेपालको अस्तित्व कल्पना नै गर्न सकिँदैनथ्यो । अहिले हामी नेपाली हौं भन्ने गर्व गर्दछौं भने हाम्रो देश नेपाल बनाउने राष्ट्र निर्माताको योगदानलाई किन कदर नगर्ने ? विभाजित राज्यहरुलाई एकै सूत्रमा बाँधी विशाल नेपाल स्थापना गर्ने सपना साकार पार्न अघि बढेका राष्ट्र निर्माताको जन्मदिन सदिऔँदेखि राष्ट्रिय पर्वको रुपमा भव्यताका साथ मनाउदै आएको इतिहास साक्षी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमडी र एमएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा समेत नक्कली

बालकुमारी मन्दिरको मूर्ति चोरी

ललिपतुर । ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति आइतबार बिहान चोरी

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो, कति छ संख्या ?

नारायण अधिकारी, चितवन । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र

हुम्लामा सुत्केरी आमा र नवजात शिशुको मृत्यु

सिमकोट । जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु