पूर्ण नैतिकवान भई कार्यक्षेत्रमा खटिन निमित्त प्रहरी महानिरीक्षक शाहीको निर्देशन



काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले हालै सरुवा तथा काज भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव महानिरीक्षकदेखि प्रहरी निरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच निर्देशन दिएका छन् । निर्देशनका क्रममा निमित्त प्रहरी महानिरीक्षक शाहीले संगठनको नीति निर्देशन एवं प्रचलित ऐन नियम अनुसार परिचालित भई संगठनले लिएको विश्वास कायम राखी काम गर्नुपर्ने बताए ।

संगठनकै मूल्याङकनको कारण प्राप्त जिम्मेवारीलाई पूर्ण नैतिकवान र इमानदार भई संगठन उद्देश्य हासिल गर्न सुम्पिएको जिम्मेवारीलाई निष्पक्ष र पारदर्शी भई उपयोगिता आउने गरी परिचालन हुन उनले निर्देशन दिए । निमित्त प्रहरी महानिरीक्षक शाहीले अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, चोरी तस्करी नियन्त्रण लगायतमा विशेष चनाखो रही सामुहिक भावनाका साथ उत्कृष्ट काम गरी आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । आ–आफ्नो कार्यक्षेत्र अनुसार अन्य निकायहरूसँग समन्वय र समदूरी कायम गरी हरेक काममा सफलता हासिल गर्दै नेपाल प्रहरीको प्रतिष्ठा कायम राख्न उनले निर्देशन दिए ।

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले कार्यक्षमतालाई ख्याल गर्दै राम्रो आचरण र व्यवहारका साथ पारदर्शी एवं निष्पक्ष तरिकाले थप सुधारका काम गर्नुपर्ने उल्लेख गरे । उच्च व्यवसायिकता र आचरणलाई कायम राखी निस्वार्थ भावनाबाट काम गर्नुपर्नेमा उनले जोड दिए । सो अवसरमा प्रहरी नायव महानिरीक्षक रवीन्द्र बहादुर धानुकले प्रहरी प्रधान कार्यालय कार्य विभागको तर्फबाट, प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले प्रहरी महानिरीक्षकको सचिवालयको तर्फबाट र प्रहरी नायव महानिरीक्षक राजेश कुमार लाल कर्णले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको तर्फबाट निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका