प्रधानसेनापतिद्वारा पश्चिम कमाण्ड मुख्यालयको निरीक्षण



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सुर्खेतस्थित पश्चिम कमाण्ड मुख्यालयकोे आइतबार निरीक्षण भ्रमण गरेका छन् । निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले फौज तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसीमा र कार्यान्वयन योजनाका विषयमा जानकारी लिएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रदेशसँगको समन्वय तथा सामूहिक तालिम सञ्चालनको अवस्थाका विषयमा पनि जानकारी लिएपछि प्रधानसेनापति शर्माले सकलदर्जालाई सम्बोधन गरेका थिए ।

भ्रमणका क्रममा महारथी शर्माले कर्णाली प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग बेग्लाबेग्लै भेटघाट र छलफलसमेत गरे । प्रधानसेनापति शर्माले सोमबार कालिकोटस्थित शम्शेर गुल्म, हुम्लास्थित बराहदल गुल्म र मुगुस्थित श्रीबक्स गुल्मको निरीक्षण गर्ने कार्यक्रम छ । जुम्लास्थित सेनाको नं.२४ बाहिनी अड्डा र डोल्पास्थित रामवाण गुल्मको मङ्गलबार निरीक्षण गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार