दाङको लमहीमा बस दुर्घटना, २९ जना घाइते



दाङ । दाङमा यात्रु बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ गइरहेको कर्णाली प्रदेश००–००१ख०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ यात्रु घाइते भएका हुन् ।

उनीहरुको अवस्था सामान्य रहेको छ । आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाँिचएर दुर्घटनामा परेको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेनी–दरवाङ सडकः आठ वर्षमा १७ किलोमिटर कालोपत्र

म्याग्दी । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक

बल्ल उठ्यो भूकम्पले थलिएको लाप्राक

गाेरखा जिल्लाकाे उत्तरी भेगमा पर्ने लाप्राक क्षेत्रकाे धार्चे गाउँपालिका-४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन्

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै