पत्रकार अर्याल ‘ग्लोबल युथ लिडरसीप अवार्ड’ बाट सम्मानित



काठमाडौँ । पत्रकार नकुल अर्याल ‘ग्लोबल युथ लिडरसीप अवार्ड २०२१’ बाट सम्मानित भएका छन् । शुक्रबार ग्लोबल युथ लिडरसीप समिटको उद्घाटन समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले पत्रकार अर्याललगायत विभिन्न देशका युवालाई सम्मान गरेका हुन् । नेपाली पत्रकारिताका क्षेत्रबाट युवा सरोकारको प्रवद्र्धन गरेबापत पत्रकार अर्याललाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

अर्याल नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यसमेत हुन् । समारोहमा नायिका रेखा थापा, पत्रकार ऋषि धमला, एमनेष्टी इण्टरनेशनलका पूर्व अध्यक्ष राजन कुइँकेललगायतलाई सम्मान गरिएको थियो ।

सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संसारभर हरेक परिवर्तनको नेतृत्व युवाले नै गरेको स्मरण गराउँदै राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा युवाहरूको निर्णायक भूमिका स्थापित हुनुपर्ने बताए । सम्मेलनको आयोजक संस्था ग्लोबल युथ पार्लियामेण्टका अध्यक्ष दिवाकर अर्यालले नेपाली युवाले अब विश्वव्यापी एजेण्डामा नेतृत्व लिनुपर्ने बताए । शुक्रबारबाट काठमाडौँमा शुरू भएको अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका ४३ भन्दा बढी देशका १ सय बढी युथ लिडर सहभागी छन् । सम्मेलन आइतबारसम्म चल्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि