बलात्कारपछि महिलाको हत्या गरी फरार भएका दुई अभियुक्त पक्राउ



महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिका–२ बखरीको ३५ वर्षीया एक महिलालाई सामूहिक बलात्कारपछि मारेको आरोपमा फरार दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोजकुमार यादव र निजका साथी महोत्तरीकै भङ्गहा नगरपालिका–५ सीतापुर गाउँ बस्ने २४ वर्षीय विपिन मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बिहीबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

गत असोज १३ गते ३५ वर्षीया एक महिलालाई आरोपित दुवैले वनमा लगेर बलात्कार गरेको स्वीकार गरेका छन् । बेहोस अवस्थामा रहेकी ती महिलालाई गाउँकै निजी स्वास्थ्य क्लिनिकमा र दिउँसो अवस्था झन् बिग्रिए पछि प्रादेशिक अस्पताल जनकपुर लगेकोमा उनको उपचारकै क्रममा १४ गते राति मृत्यु भएको थियो ।

मण्डल र अर्का आरोपी यादवलाई बुधबार पक्राउ गरी बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । दुवैलाई करणी तथा हत्या मुद्दामा कारबाही अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुन चोरी पैठारीमा पर्यटन बोर्डका सिइओ दोषी ठहर भएको खुलासा

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी सुन चोरी

हात्तीको आक्रमणबाट सेनाका अमल्दारको मृत्यु

चितवन । निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गाणमा कार्यरत अमल्दार गुप्तबहादुर थापाको हात्तीको आक्रमणबाट

भरतपुर महानगरद्वारा अहिलेसम्म ११४ ऐनकानुन निर्माण

चितवन । भौतिक पूर्बाधार विकासमा अग्रणी देखिएको भरतपुर महानगरपालिकाले ऐनकानुन निर्माणमा पनि प्राथमितामा

कोइला बाली झ्याल ढोका थुनेर सुतेका एकैघरका चार जनाको मृत्यु

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकैघरका चार जनाको मृत्यु