पत्रकार झाको मैथिली ताका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक



काठमाडौं । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाको नयाँ मैथिली कृति ‘व्योमक ओहि पार’ सार्वजनिक भएको छ । काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा झाद्वारा लिखित मैथिलीको पहिलो तांका सङ्ग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक भएको हो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकारद्वय तारानाथ दाहाल र बबिता बस्नेत, साहित्यकार विजेता चौधरी र प्रकाशक दामोदर दवाडीले संयुक्त रूपमा झाको तांका सङ्ग्रह सार्वजनिक गरेका हुन् ।

पत्रकार झा मैथिली साहित्यमा ‘धर्मेन्द्र विह्वल’का नामले स्थापित हुनुहुन्छ । पूर्वअध्यक्ष झाले ११२ तांका लेखिएको उक्त सङ्ग्रहको प्रकाशन नेपालवाणी मिडिया ग्रुप प्रालिले गरेको हो ।

यसअघि मैथिली तथा नेपाली भाषामा विभिन्न कृति लेखिसकेका झाले मैथिली भाषामा पहिलो पटक तांका सङ्ग्रह प्रकाशन गरेको बताए ।

पत्रकारिताका साथै मैथिली र नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आएका झाको यसअघि मैथिलीमा रास्ता तकैत जिनगी (कविता सङ्ग्रह), एक सृष्टि एक कविता (दीर्घ कविता), एक समयक बात (हाइकु सङ्ग्रह) र धुवाँएल आकृतिसभ (छौक सङ्ग्रह) प्रकाशित भइसकेका छन् ।

यसैगरी उनका गोनु झाका कथाहरू, कौशलका परिहास, भ्रमरका उत्कृष्ट नाटकहरू, नेपाली मिथक कोष, नेपालीय मैथिली छापा पत्रकारिताको इतिहासलगायत कृति प्रकाशित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लाको चेरेचौरबाट हिउँले सेताम्मे देखिएका फाँट(तस्बिरमा)

जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू । तस्बिर : विजय

विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी

दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा

सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग

१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ