भारतको सहयोगमा नुवाकोट र गोरखामा ५० हजार निजी आवास पुनःनिर्माण



काठमाडौं । भारत सरकारको आर्थिक तथा राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय (युएनओपीएस) को प्राविधिक एवं सामाजिक सहजीकरणमा गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी आवास पुनःनिर्माण भएका छन् ।

गोरखा भूकम्पबाट ती जिल्लामा भत्केका भवन पुनःनिर्माणको परियोजना सञ्चालन गरेको भारत सरकारले आज उक्त परियोजना पूरा भएको जनाउँदै परियोजनाबाट सिकेका पाठ र अनुभवबारे जानकारी दिन सोमबार काठमाडौंमा कार्यशाला गरेको छ ।

कार्यशालाका प्रमुख अतिथि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उत्थानशील पुनःनिर्माणमा सघाएकामा भारतसहित नेपालका विकासका साझेदारप्रति हार्दिक आभार व्यक्त गर्दै विपद् व्यवस्थापनको क्षेत्रमा प्राधिकरणले धेरै पाठ सिकेको बताए ।

भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले नेपालसँगको सम्बन्धलाई भारतले उच्च महत्व दिएको भन्दै सम्पन्न परियोजनाले जनस्तरको आपसी सम्बन्धलाई थप उजागर गरेको उल्लेख गरे । नेपाल सरकारका विकास–निर्माणका साथै पुनःनिर्माणका प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

युएनडिपीका आवासीय प्रतिनिधि आइसानी मेदागाङगोदा लाबेले विपद् व्यवस्थापनमा नेपाल सरकार र विकासका साझेदारहरूसँग सहकार्य एवं साझेदारी गर्न युएनडिपी सधैँ तत्पर रहेको बताए । उनले विपद् जोखिम घटाउनेसम्बन्धी सेन्डाइ संरचना कार्यान्वयनमा नेपाल सरकार संवेदनशील रहने विश्वास व्यक्त गरे ।

कार्यशालामा निजी आवास पुनःनिर्माण परियोजनालाई प्रभावकारी ढङ्गले सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकार र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका निकायले निर्वाह गरेको निर्णायक सराहना गरिनाका साथै परियोजनासँग सम्बन्धित प्रमुख सरोकारवालाले आफ्ना अनुभव सुनाएका थिए ।

उत्कृष्ट अभ्यासहरूबारे जानकारी दिनुका साथै परियोजनाबाट सिकेका मुख्य सिकाइहरू सहभागीले आदानप्रदान गरेका थिए । स्थानीय सरकारलाई मार्गदर्शन र भविष्यमा उपयोगी हुनसक्ने परियोजनाको प्रभावकारिताबारे पनि सामूहिक छलफल भएको थियो ।

विसं २०७२ को भूकम्पबाट प्रभावित नेपालका ११ जिल्लामा ७१ वटा शिक्षाक्षेत्रसँग सम्बन्धित परियोजना, १३२ वटा स्वास्थ्य भवन तथा २८ वटा सांस्कृतिक सम्पदास्थलको पुनस्थापना एवं प्रबलीकरणका लागि भारत सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि