क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार हरिदेवी कोइरालालाई प्रदान गरिने



दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ । मञ्चको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कला, संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत उनलाई उक्त पुरस्कार अर्पण गर्न लागिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । पुरस्कारको राशि नगद २५ हजार रहेको छ । यसैगरी गीतल राष्ट्रिय पुरस्कार २०७७ बाट कवि प्रोल्लास सिन्धुलिया र २०७८ बाट गायक राज सिग्देललाई पुरस्कृत गर्ने निर्णय भएको छ ।

पुरस्कारको राशि नगद सात हजार रहेको छ । यस्तै गीतल प्रतिभा पुरस्कार २०७७ बाट लोकगायक शङ्कर परियार र २०७८ बाट लोकगायिका आशा बिसीलाई पुरस्कृत गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । पुरस्कारको राशि नगद पाँच हजार रहेको छ । मञ्चले भाषा, साहित्य र कला संस्कृतिको क्षेत्रमा स्थानीय तथा राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको

वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि धान लगाउने खेतमा माछापालन

नवलपरासी  ।वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन्

जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

गण्डकी । सामुदायिक वन समूहले काठको विकल्पका रूपमा अन्य वन पैदावारबाट रोजगार सिर्जनासँगै

पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे

पर्वत  । पर्वतको सबैभन्दा उच्च स्थानमा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल जलजलादेखि माटेको