तिहारमा १५ करोड रुपैयाँको फूलको कारोबार



काठमाडौं । यस वर्षको तिहारमा १५ करोड २० लाख ७५ हजार रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । काराबार भएकामध्ये सबैभन्दा बढी सयपत्री फूल १२ करोड ७० लाख ५० हजार, मखमली एक करोड ६७ लाख ७५ हजार, गोदावरी ५२ लाख ५० हजार र ३० लाख रुपैयाँको मखमली विभिन्न देशमा निर्यात भएको बताइएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङका अनुसार बजारमा १८ लाख ५० हजार मालाको माग भए पनि मागभन्दा बढी २१ लाख माला खपत भएको हो । उनका अनुसार गत वर्ष १३ करोड मूल्यको १६ लाख मालाको कारोबार भएको थियो ।

तिहार सुरु हुनुभन्दा २० दिनअगावै गैर पुष्प व्यवसायीले समन्वयविना नै ठूलोमात्रामा भारतबाट सयपत्री फूलको माला आयात गरी कोल्डस्टोरमा स्टोरेज गरेका कारण बजार मागभन्दा अधिक आपूर्ति भएको र भारतीय सयपत्रीको मालाले बजार हिस्साको करिब ३० प्रतिशत खपत भएको र उक्त माला सस्तो भएकाले नेपाली उत्पादनले बजार नपाइ करिब १५ प्रतिशत सयपत्री फूलको माला फाल्नु परेको पनि अध्यक्ष तामाङले गुनासो गरे ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । हाल स्वदेशमा व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले फूलको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै थप फस्टाउँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

  काठमाडौँ ।  प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ