सल्यानमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु



सल्यान । सल्यानमा यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । सल्यानबाट दाङको तुलसीपुरतर्फ गइरहेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका– ५ खारखोलामा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

दुर्घटनास्थलमा ५ जना र उपचार गर्न लैजाने क्रममा बाटोमा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज र सल्यानतर्फ लगिएको छ । बस सडकबाट २ सय मिटर तल खोलामा खसेको हो । घाइतेहरुको स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेका छन् ।

बसमा ३० यात्रु रहेका बताइएको छ । दशैँको बेला मुगुको राराछायाँनाथमा यात्रु बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको थियो । नेपालका पहाडी मार्गहरूमा प्रत्येक वर्ष चाडवाडका बेला ठूला दुर्घटनामा परी धेरै मानिसले ज्यान गुमाउने गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर