भक्तपुरमा जुवाखालबाट नगद १२ लाखसहित १५ जना पक्राउ



भक्तपुर । प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ । गएराति चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीको घरमा जुवा खेलिरहेका बेला महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दीपक गिरीले जुवातास खेलिरहेको जानकारी आएपछि गएको टोलीले पुरीका घरमा छापा मार्दा जुवातास खेलिरहेका बेला १२ लाख ४३ हजार ७८० रुपैयाँसहित १५ जनालाई पक्राउ गरेको जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्ने जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी , जुवा खोल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडाँै गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजनीतिक दलसम्वद्ध केही युवानेता र पत्रकारसमेत छन् । यसअघि पनि चाँगुनारयणबाट केही युवानेतासहित प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो । प्रहरीले नेताको नाम भने सार्वजनिक गरेको थिएन । मणिराम पुरीले यसअघि पनि पटक–पटक जुवातास खेलाउँदै आएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीको प्रवक्तामा केसी

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई प्रदान गरिएको

सुन चोरी पैठारीमा पर्यटन बोर्डका सिइओ दोषी ठहर भएको खुलासा

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी सुन चोरी

सर्वोच्चद्वारा प्रधानन्यायाधीशसँग जोडिएको रिट दर्ता गर्न अस्वीकार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग सम्बन्धित रिट निवेदनलाई सर्वोच्च अदालतमा प्रशासनले दरपीठ (दर्ता

यस्तो छ कोभिड रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश

काठमाडौं । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी