बसको ठक्करबाट देउसी खेल्ने हिंडेका दुई पैदलयात्रीको मृत्यु, चार घाइते



हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी नजिकैको सडकखण्डमा शनिबार राति यात्रु बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु भएको र अन्य चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा हेटौंडा–१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

रौतहटको गौरबाट हेटौँडा हुँदै नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ख ०९३६ नम्बरको बसले देउसीभैलो खेल्न हिँडेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । त्यस्तै बसको ठक्करबाट सङ्गम नेपाली, निषा मोक्तान, तुलसा विष्ट र लक्ष्मी गुरुङ घाइते भएका र उनीहरूको हेटौँडा तथा भरतपुर अस्पतालमा उपचार भइरहेको उनले बताए ।

ठक्कर दिने बसमा स्थानीयवासीले आगजनी गर्दा बस पूर्णरूपमा जलेर नष्ट भएको छ । सो बसका चालक फरार रहेको, उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनप्रति ओलीको टिप्पणीः ‘टाउकोमा खोपडी नभएकाहरु’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डको कार्यकर्ता भएको

जीप दुर्घटनामा परी दार्चुलामा ५ जनाको मृत्यु

धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर

एक महिनाभित्रमा महाभियोग प्रक्रिया टुंगोमा पुर्याउन एमालेको माग

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको लामो

नेपालमा खाद्य असुरक्षा बढ्दै

नारायण ढुंगाना, काठमाडौँ । तथ्याङ्कले मुलुकमा खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन