खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा ललितपुरमा ४ जनाको मृत्यु


काठमाडौं । ललितपुरको मगंलबजारमा खाने पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । इन्द्रमणि ताम्राकारको घरमा ग्यास सिलिन्डर विस्फोट भएको हो ।

विष्फोटबाट घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जानकारी दिएको छ।  महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यकाअनुसार चार जनाको शव निकालिएको छ । घाइतेलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ ।