बुइपामा प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन



खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित बुइपामा प्रहरी चौकीको भवन निर्माण गरिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयको दुई करोड दुई लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो ।

नवनिर्मित भवनको प्रदेश एक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले मङ्गलबार उद्घाटन गरेका छन् । गोरखा–रुजन जेभी काठमाडाँैले २०७६ असार १७ गते सम्झौता गरेर तोकिएकै समयमा दुई तले भवन निर्माण सम्पन्न गरेको हो । नवनिर्मित प्रहरी चौकी भवनमा महिला÷पुरुष हिरासत, कार्यालय प्रमुख तथा जवानका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ ।

भवन उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक बिसीले जनमैत्री प्रहरी सेवा र कानूनको परिधिमा रही जनचाहनाबमोजिमको सेवा प्रदान गर्न मातहतका प्रहरीलाई निर्देशन दिए ।

सहरी विकास तथा भवन डिभिजन कार्यालयको लगानीमा गत वर्ष बुइपा, च्यास्मिटार र रतन्छामा प्रहरी चौकी भवन निर्माण थालिएको हो । बुइपासँगै च्यास्मिटारमा निर्माण गरिएको भवन सम्पन्न भएर हस्तान्तरण गरिएको छ ।

रतन्छामा भवन निर्माणाधीन अवस्थामा रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख अनुज श्रेष्ठले जानकारी दिए । भवन उद्घाटन कार्यक्रममा सहभागी बुइपाका स्थानीय बासिन्दाले प्रहरी चौकी बुइपामा दरबन्दीअनुसारको प्रहरी र सवारी साधन उपलब्ध गराउन प्रहरी नायब महानिरीक्षक बिसीलाई अनुरोध गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लाको चेरेचौरबाट हिउँले सेताम्मे देखिएका फाँट(तस्बिरमा)

जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू । तस्बिर : विजय

विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी

दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा

सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग

१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ