कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु



कैलाली । कैलालीमा नदीमा नुहाउने क्रममा शनिबार डुबेर दुई जनाको मृत्यु भएको छ । भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा शवको खोजी गर्दा सोही नदीमा मृत फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान  भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्वीरमा हेर्नुस् सशस्त्र प्रहरीको २१ औँ स्थापना दिवस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र

एमडी र एमएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा समेत नक्कली

तोकिएका व्यक्तिलाई मात्र खाडी र मलेसिया भ्रमणको अनुमति दिइने

काठमाडौं । गृह मन्त्रालयले तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी मुलुक र

शिक्षामन्त्रीका सय दिन: शैक्षिक सुधारमा निरन्तरता, सङ्घीय शिक्षा ऐनमा प्राथमिकता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रालयको कार्यभार सम्हालेपछिको सय दिनका