अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसूर गर्ने विदेशी नागरिक पक्राउ



पोखरा । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा फेला पारी पक्राउ गरी नाबालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

नाबालकलाई ललाइफकाइ, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी लामो समयदेखि यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा सात दिन म्याद थपको अनुमति लिई घटना सम्बन्धमा अनुसन्धान कार्य अघि बढाइएको प्रनाउ हमालले जानकारी दिए । उनको साथबाट ल्याप्टप एक थान, मोबाइल एक थान, राहदानीसहित थप प्रमाणमा लाग्ने चिजबस्तु फेला पारिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक