सुदूरपश्चिममा बाढी, पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो, २२ बेपत्ता



सुदूरपश्चिम । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी शुक्रबार बिहानसम्म यस प्रदेशमा ३३ जनाको मृत्यु भएको हो ।

विपदबाट सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ । जिल्लामा १६ जनाको मृत्यु भएको छ । बझाङमा नौ, बैतडीमा चार, डडेलधुरामा तीन र कैलालीमा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विपद्मा परी यस प्रदेशमा २२ जना बेपत्ता छन् । बझाङमा २० र बैतडी, कैलाली, एक/एक बेपत्ता रहेका हुन् । यस्तै विपद्मा परी १७ जना घाइते छन् । डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा एक/एक जना घाइते भएका हुन् ।

विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशु चौपाया पनि मरेका छन् । पहिराका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरुपमा क्षति पुगेको छ ।

बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ । बाढी, पहिराकै कारण सुदूरपश्चिम प्रदेशमा करोडौँको धनमालको क्षतिसमेत भएको प्रहरीले जनाएको छ । अहिले यहाँको जनजीवन सामान्य बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर विजयी

कैलाली । नेपाली कांग्रेस आसन्न १४औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायर

रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन तःबहाल लगिँदै

ललितपुर । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बुङ्मतीबाट

कञ्चनपुरमा भारतीय गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार भारतीय नम्बरको गाडीको ठक्करबाट

कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजङ्ग शाही निर्वाचित

कर्णाली । नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजङ्ग शाही निर्वाचित