पाँचथरमा बाढीपहिरोमा परी मृत्यु भएका २६ जनाको सनाखत



पाँचथर । पाँचथरमा बाढीपहिरोका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन । पाँचथरमा बाढीपहिरामा परी छ जना बेपत्ता भएका छन् भने आठ जना घाइते भएका छन् । पाँचथरमा पहिराले पुर्दा इलामका दुई स्वास्थ्यकर्मी समेत बेपत्ता छन् ।

बाढीपहिरामा परी मृत्यु हुनेमा फिदिम नगरपालिका– १३ लुङरुपाकी २२ वर्षीया ममता लिम्बू र सोही स्थानका चार वर्षीय रोमन मगर, फाल्गुनन्द गाउँपालिका– ३ मालिङ्गेका १० वर्षीय युगेश तामाङ र सोही स्थानका २८ वर्षीय फुर्वा तामाङ, फाल्गुनन्द गाउँपालिका–४ च्याप्लुङकी ३५ वर्षीया प्यारीमाया तुम्बापो चेम्जोङ र कुम्मायक गाउँपालिका–२ लोक्तापाकी ४० वर्षीया डम्बरकुमारी शेर्मा छन् ।

यस्तै जिल्लाको मिक्लाजुङ गाउँपालिका– ५ कारबारीका ७५ वर्षीय धनबहादुर लावती, सोही वडाको हुलाक भन्ने ठाउँकी ३६ वर्षीया चन्द्रकला राई, मिक्लाजुङ गाउँपालिका–१ आठभैयाका ३५ वर्षीय सन्तोष नेपाली, मिक्लाजुङ वडा नं ५ सिक्तेम्बाका ४७ वर्षीय मनबहादुर राई र सोही स्थानकी ४६ वर्षीया बिमला श्रेष्ठ राई, सोही वडाको पञ्चमी भन्ने स्थानका ३१ वर्षीय विष्णुबहादुर लावती, ३१ वर्षीय सन्दीप लावती, १७ वर्षीय अनिल राई, १७ वर्षीय अनिया चोङबाङ, २८ वर्षीय प्रताप चोङबाङ, ६५ वर्षीय पदमसिंह चोङबाङ, ३१ वर्षीय सुरज चोङबाङ, ५५ वर्षीय भद्रमाया लावतीको पहिरोमा परी मृत्यु भएको छ ।

यस्तै मिक्लाजुङ गाउँपालिका–४ पञ्चमीका २५ वर्षीय बबिन राई र २७ वर्षीय अनिल राई, धनकुटा घर भएका ६० वर्षीय मगर साइला भनिने व्यक्ति, मिक्लाजुङ– २ नाकेदिमकी ५१ वर्षीया मानमती शेर्मा र सोही स्थानकी २१ वर्षीय निशा शेर्मा तथा मिक्लाजुङ–७ का मनमाया राई र वीरमान राईको बाढीपहिराका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर विजयी

कैलाली । नेपाली कांग्रेस आसन्न १४औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायर

रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन तःबहाल लगिँदै

ललितपुर । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बुङ्मतीबाट

कञ्चनपुरमा भारतीय गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार भारतीय नम्बरको गाडीको ठक्करबाट

कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजङ्ग शाही निर्वाचित

कर्णाली । नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजङ्ग शाही निर्वाचित