एकता प्रेसका संचालक शिवाकोटीका हत्या आरोपी १७ वर्षपछि पक्राउ



काठमाडौं । प्रहरीले १७ वर्षअघि काठमाडौंको पुतलीसडकमा भएको हत्याका अभियुक्तलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले .हत्या आरोपी शनी नरसिंह राणालाई पक्राउ गरेको हो । परिसरको टोलीले राणालाई म्हेपी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । उनी प्युठानका हुन् ।

राणासहितको टोलीले २२ पुस २०६१ मा पुतलीसडक स्थित एकता प्रेस छापाखानाका संचालक दोलखाका अर्जुन भन्ने खिमबहादुर शिवाकोटीलाई पार्किङको बिषयमा विवाद हुँदा हेलमेट, फलामको रड र चिया पकाउने भाडो समेत हानेर घाइते बनाएका थिए । शिवाकोटीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीले त्यतीबेला घटनामा संलग्न व्यक्तिहरु खोजतलास तथा अनुसन्धान गर्ने क्रममा बा १६ प ८६५४ नम्बरको बुलेट मोटरसाईकलमा आएका ब्यक्तिहरु घटनामा संलग्न रहेको खुलेको थियो ।

प्रहरीले राणाबिरुद्ध वृत्त सिहदरवारवाट कर्तव्य ज्यानमुद्दामा आवश्यक अनुसन्धान गरिरहेको छ । परिसर प्रमुख एसएसपी अशोक सिंहले घटनामा प्रयोग भएको मोटरसाइकल धनी ईश्वरी राणा र गोरखाका धन बहादुर गुरुङ्गको खोजी भइरहेको बताए । उनका अनुसार यी दुई समेत शिवाकोटी हत्याकाण्डमा संलग्न रहेको अनुसन्धानमा खुलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटः रिहाइको पहल गरिदिन आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट