धनगढी–स्याउले सडक खण्ड कालोपत्र सुरु



धनगढी । धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ । सडक निर्माण प्रक्रिया सुरु गरिएको झण्डै डेढ दशकपछि सो द्रुत मार्गको धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको हो ।

कालोपत्रका लागि खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक १६ करोड ४० लाखमा ठेक्का सम्झौता लिएको जनाइएको छ । धनगढीको पीपलचौतारादेखि स्याउलेभन्दा माथिसम्मको १३.४ किलोमिटर सडक कालोपत्र गर्नका लागि काम सुरु भएको धनगढी–दिपायल द्रुत मार्ग सडक आयोजना कार्यालयले जनाएको छ ।

धनगढी–दिपायल द्रुत मार्ग आयोजना कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार चालु आर्थिक वर्षमा धनगढीदेखि १३.४ किलोमिटर र दिपायलदेखि ९.५ किलोमिटर सडक कालोपत्र गर्ने सम्झौता भएको छ । स्याउलेदेखि दक्षिणतिर एक किलोमिटरसम्म दुवैतर्फ नालीसमेत निर्माण भइरहेको उनको भनाइ छ ।

ठेक्का सम्झौताअनुसार ३० महिनामा सो सडक खण्ड कालोपत्र गरिसक्ने भन्नेछ । सडकको नाली बनाउने काम सुरु गरिएको बताउँदै ठेकेदार कम्पनीका इन्जिनियर सचिन थापाले भने, ‘अब सडक निर्माणले तीव्र गति पाउनेछ । २०६४ सालमा खुटिया–दिपायल द्रुत मार्गको औपचारिक रुपमा सर्भे गरी ट्रयाक खोल्ने काम भएको थियो ।’ त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भेको बताउँदै आयोजनाका सबइन्जिनियर रानाले स्याउले–धनगढीसम्मको १० किलोमिटर सडक थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुत मार्ग बनाउने निर्णय भएको बताए।

सडकको कूल चौडाइमध्ये नौ किलोमिटरमा ग्राभेल हुनेछ भने त्यसमध्ये पनि ५.५ मिटरमा कालोपत्र गरिने जनाइएको छ । १३.४ किलोमिटर सडकमा तीनवटा कल्भर्ट निर्माण गरिनाका साथै १६ वटा ह्युमपाइप राखिने ठेकेदार कम्पनीका इन्जिनियर थापाले जानकारी दिए ।

आयोजना कार्यालयका अनुसार डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिएको छ भने कैलाली खण्डमा पर्ने बबैनामा तीन किलोमिटरमा ट्रयाक खोल्न बाँकी रहेको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको पहिलो मन्त्रिपरिषद्को बैठकले धनगढी–दिपायल द्रुतमार्ग, सेती लोकमार्ग र महाकाली करिडोरलाई सामरिक महत्वका सडक भन्दै तीनैलाई निर्माणको प्राथमिकतामा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ग्यासमा मात्र दैनिक साढे सात करोड नोक्सानी खाएर अघि बढ्न खोज्दा निगम चल्न सक्छ र ?’

काठमाडौं । संसदीय समितिलाई नेपाल आयल निगमको भविष्य र स्थिरतासँग जोडिएकाले पेट्रोलियम पदार्थमा

नौ मुलुकबाट आउने यात्रुलाई प्रवेश अनुमति नदिने सरकारको निर्णय

काठमाडौँ । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट

पोखरामा केबुलकार सञ्चालनमा आउँदै

पोखरा । पर्यटकीय नगरी पोखरामा पाँच वर्षअघि निर्माण थालिएको केबुलकारको परीक्षण गरिएको छ

सर्वोच्चमा पेसी तोकिएका अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना