कालिकामाईमा भएको अनियमितताबारे अख्तियारद्वारा थप अनुसन्धान सुरु



वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा भएको अनियमितताबारे थप अनुसन्धान थालेको छ ।

गाउँपालिकामा भएका विभिन्न निमार्णका काममा अनियमितता भएको भन्दै पटक पटक उजुरी परेपछि आयोगले थप अनुसन्धान अघि बढाएको हो । गाउँपालिकाबाट थप कागजात माग गरी परेका उजुरीबारे थप अनुसन्धान थालिएको आयोगको हेटौँडा कार्यालयका उपसचिव एवं सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

“विभिन्न समयमा अनियमितताबारे उजुरी परेकाले कार्यालयसँग कागजात माग गरी अनुसन्धान अघि बढाएका छौँ”, उनले भने । कालिकामाईले थालेका विभिन्न योजना, कर्मचारी भर्ना, धारा जडान कार्यक्रम, आइसोलेशन व्यवस्थान, नदी सफाइ, सडक ढलानलगायतका काममा अनियमितताबारे आयोगमा उजुरी परेको थियो ।

आयोगको टोलीले उजुरी परेका विभिन्न योजना तथा कार्यक्रमका कागजात गाउँपालिकाको कार्यालयबाट झिकाएको छ । गाउँपालिकाको विभिन्न वडामा सञ्चालन भएको योजनाको अख्तियार टोलीले स्थलगत अवलोकन समेत गरेको थियो । आयोगको टोलीले कर्मचारीसँग सोधपुछ गर्नुको साथै कार्यालयबाट भए गरेका कामको फाइल अध्ययन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

  मनाङ ।  विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु