व्यवसायी रुक्मशमशेर राणाको निधन



काठमाडौं । व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रबन्ध निर्देशकसमेत रहेका राणाको काठमाडौंको बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो । बहुर्राष्ट्रिय कम्पनी डाबरलाई नेपाल ल्याउने श्रेय उनैलाई जान्छ।

सन् १९८९ मा नेपालमा स्थापना भएको कम्पनीले सन् १९९२ देखि व्यवसायिक  उत्पादन थालेको थियो । सुरुमा ५३ लाख वार्षिक कारोबार गरेको डाबरले अहिले हजार करोडभन्दा बढी कारोबार गरिरहेको छ। यो कम्पनीले भारतमा समेत आफ्ना विभिन्न उत्पादन निकासी गर्छ।

उनी नेपाल भारत चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष हुन् । उनी भारतका लागि नेपालका राजदूत समेत भएका थिए। उनी राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिव समेत भएका थिए।  राणा२०५० देखि २०५१ सम्म र २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव भएका थिए। सुवर्ण शम्शेरका कान्छा छोरा रुक्म सुरुवातदेखिनै नेपाली कांग्रेसको राजनीतिमा संलग्न भएका थिए। उनको आजै दाहसंस्कार गरिने भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास