सन्तानको सपना पूरा गर्न नसक्दा महसुस भएको उपन्यास ‘फूलमाया’



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पुरुष सरह पूर्णरूपमा महिलाले पनि अधिकार प्राप्तिका लागि मुलुकमा रहेको पितृसत्तावादलाई चिर्दै अघि बढ्नुपर्ने बताएकी छन् ।

पन्ध्रौँ राष्ट्रिय मानव बेचविखनविरुद्ध दिवसका सन्दर्भमा आइतबार आयोजित मनोरञ्जन क्षेत्रमा कार्यरत हिंसामा परेका महिलाको उद्धार तथा हकहितका लागि काम गर्ने ‘छोरी परियोजना संस्था’का संस्थापक अध्यक्ष हिरा दाहालको रचना ‘फूलमाया उपन्यास’ विमोचन गर्ने क्रममा उनले मुलुकका कयाँै महिला अझै पनि दमनको शिकार भइरहेको बताएकी हुन् ।

त्यस्तो शिकारबाट बाहिर आउनका लागि स्वयं महिलाको सोचसमेत परिवर्तन हुन जरुरी रहेको बताइन् । उनले भनिन्, “छोराको चाहनामा कयौँ फूलमायाहरुले यस धर्तीमा समेत आउने मौका नपाएकाले त्यस्तो मानसिकताको अन्त्य नभएसम्म समाज परिवर्तन हुन सम्भव छैन ।” हालको २१ आँै शताब्दीमा छोरीप्रति हेर्ने र गर्ने व्यवहार अझै पुरानो रहेको बताउँदै भुसालले क्रान्तिबिना समानतामूलक समाज निर्माण गर्न असम्भव रहेको जिकिर गरिन् ।

संस्थाका अध्यक्ष दाहालले फूलमाया नेपाली समाजलाई चित्रण गरी बालविवाह, हिंसा, श्रम शोषण, बेचविखन, मजदुर महिला आदिको जीवनी र पीडालाई समेटिएर लेखिएको उपन्यास भएको जानकारी गराइन् । उनले भनिन्, “मुलुकमा दोस्रोे लहरको कोरोना महामारी बढेर एक आमाले आफ्ना सन्तानको सपना पूरा गर्न नसक्दा महसुस भएको दुःखलाई समेत उजागर गरिएको छ ।” उपन्यासले दैनिकीका रूपमा एक दिन गर्दै २८ दिनसम्मलाई उजागर गरेको उनले बताइन् ।

उपन्यासका सम्पादक आनन्द वाग्लेले पुस्तकले मानव जीवन परिवर्तन गर्न सहयोग गर्ने बताउँदै किताब पढ्ने संस्कृतिलाई बढावा दिन जोड दिए । उनले भने, “पुस्तकालय नभएको घर निरस हुने भएकाले गृह पुस्तकालय सुरुआत गरी पढ्ने बानीको विकास गर्दा समयको समेत सदुपयोग हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार

तनहुँका २३ सामुदायिक वनमा आगलागी, सबै नियन्त्रणमा

तनहुँ । तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख

काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण

  काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण गरिएको