भीमफेदीमा मालबाहक ट्रक खोलामा खस्दा एक जनाको मृत्यु



हेटौंडा । मकवानपुरको भीमफेदीमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान भीमफेदी गाउँपालिका–१ को सानुटार नजिक फलाम बोकेको ट्रक अनियन्त्रित भई राप्ती खोलामा खस्दा ट्रकमा सवार सिन्धुलीका २८ वर्षीय भोजराज बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाँदै गरेको प्रदेश१–०२–००१ख ८७५९ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको र बस्नेतको घटनास्थलमै ज्यान गएको रिमालले बताए । दुर्घटनामा ट्रक चालक मोरङ सुन्दरहरैचाका राजन बाँस्कोटा र सहचालक सोही ठाउँका सरोज आचार्य घाइते भएकाले उनीहरुको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाकालीमा डुङ्गा दुर्घटना, एक जनाको मृत्यु, एक बेपत्ता

कञ्चनपुर । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने

संसद् सचिवालयमा गोली फायर भएपछि…

काठमाडौं । चेकजाँचको क्रममा बुधबार मध्याह्नमा सिंहदरबारभित्र एक राउण्ड गोली फायर भएको छ

प्रधानन्यायाधीशको इजलासमा मात्र सुनुवाइ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा बुधबार सुनुवाइ भएको छ । अरु

प्रहरी हत्या घटनामा संलग्न नौ जनालाई जन्मकैदको फैसला

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका