नवजात शिशुको हत्या गर्ने आमा पक्राउ



बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् ।

अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी निमोठेर हत्या गरेको बताइएको छ ।

माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ । माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ । माधवी प्रहरीको नियन्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शङ्खधर चोकमा प्रदर्शन गरिएको ऐतिहासिक महाकाली नाच(फोटोफिचर)

मध्यपुर थिमि पोबुबाट प्रदर्शन भएको ऐतिहासिक महाकाली नाच शुक्रबार राति शङ्खधर चोकमा प्रदर्शन

मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा….

लमजुङ ।  मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्स्याङ्दी गाउँपालिका–२

पर्यटकको रोजाइमा म्याग्दीको टोड्के

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने

११ करोड रुपैयाँ बराबरको सुनसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । प्रहरीले मकवानपुरबाट आठ किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ