सामाजिक अभियानकर्मी डा विष्णुमायाका बारेमा विश्वव्यापी पढाइ हुने



काठमाडौ । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइण्डसेट’ पुस्तकमा डा परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरिएको छ ।

उक्त पुस्तकका ६९२ पृष्ठमध्ये डा परियारको कहानी पृष्ठ ५९१–५९४ बीच चार पृष्ठमा समावेश गरिएको युएस नेपाल अनलाइनका सम्पादक प्रदीप परियार थापाले जानकारी दिए । विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेशनको पाठ्यपुस्तक अमेरिकामा मात्र होइन, विश्वका १०० भन्दा बढी मुलुकका हाइस्कूल, कलेज र विश्वविद्यालयमा पढाइ हुन्छ ।

सन् २०२० को तथ्याङ्कअनुसार हाल यो पब्लिकेशनको ४३ लाख बढी सशुल्क पाठ्यपुस्तक किन्ने विद्यालय, विश्वविद्यालय, विद्यार्थी र प्रोफेसर छन् । यो पाठ्यपुस्तकमा ५२ जनाको आलेख र जीवन कहानी समावेश छन् । अमेरिकी सामाजिक अभियानकर्मी डा विष्णुमाया हाल जर्सीसिटी सहरको रोजगारी र तालिम कमिटीको सदस्यसमेत हुन् ।

डा विष्णुमायाको पहलमा सन् २०१९ मा जर्सीसिटी सहर र नेपालको इन्द्रावती गाउँपालिकाबीच सिस्टर सिटी कायम गरिएको छ भने सन् २०१७ मा उनकै नेतृत्वमा जर्सीसिटीको सिटी भवनमा नेपालको झण्डा फहराइएको थियो । डा विष्णुमाया एनआरएनए आइसिसीको वर्तमान निर्वाचन आयुक्त, ग्लोबल गोर्खा समाजको संरक्षक र एड्वान संस्थाको संस्थापक अध्यक्ष पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकीयस्थल खोपारामा भौतिक पूर्वाधार निर्माण

म्याग्दी। अन्नपूर्ण गाउँपालिका–५ मा स्थित पर्यटकीयस्थल खोप्रालेक (खोपारा) मा आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत

व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान

भोजपुर । भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् । एकपटक खेती

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

म्याग्दी । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२

तरबुजा बिक्री गरेर वार्षिक १२ लाख आम्दानी

दाङ । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन