प्रक्रिया पुर्याएरै सुन र नगद भारतमा बुझाइएको प्रहरीको स्पष्टोक्ति



काठमाडौं । नेपाल प्रहरीले डोटीमा बरामद भएको सुन र नगद रकम कानूनीरुपमा सबै प्रक्रिया पुर्याएर भारतीय प्रहरीमा बुझाएको स्पष्ट पारेको छ ।

भारतमा चोरी गरी ल्याइएको एक किलोभन्दा बढी सुन र १० लाख नगद रकम डोटी प्रहरीले बरामद गरेको घटनाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले मंगलबरा विज्ञप्तिमार्फत विधि र प्रक्रिया अबलम्वन गरी भारतमा बुझाइएको जनाएको छ ।

“उक्त बरामद सुन र नगद डोटी प्रहरीले प्रहरी प्रधान कार्यालय र भारतीय दूतावासका प्रतिनिधिको समन्वय र रोहवरमा कूटनीतिक कार्यविधि र प्रक्रिया पूरा गरी इन्टरपोल शाखामार्फत पीडितको अख्तियारनामा लिई कानूनबमोजिम आवश्यक कारबाहीका लागि दिल्लीको नेशनल सेन्ट्रल ब्यूरोका अधिकारिक प्रतिनिधिलाई जिम्मा लगाएको ब्यहोरा जानकारी गराइन्छ”, प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमार्फत प्रहरीले नेपाल प्रहरीको शाख र छविमा आँच पुर्याउने किसिमका गतिविधिको भ्रममा नपर्न पनि अनुरोध गरेको छ । केही महिनाअघि प्रहरीले डोटीबाट नगद १० लाख र एक हजार १०० ग्राम सुन बरामद गरेकोे थियो ।

उक्त सुन र नगद भारतबाट चोरी गरी ल्याइएको र स्वयं पीडितपक्ष नै प्रमाणसहित नेपाल आएपछि कूटनीतिक माध्यमबाट कानूनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सुन र नगद भारतको प्रहरी अधिकारीलाई बुझाइएको प्रहरी प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लाको चेरेचौरबाट हिउँले सेताम्मे देखिएका फाँट(तस्बिरमा)

जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू । तस्बिर : विजय

विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी

दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा

सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग

१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ