कम्बोडिया पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने एकजना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले कम्बोडिया पठाई दिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले भिजिट भिषामा कम्बोडिया पठाउने भनी ठगी गर्ने काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–१ का २८ वर्षीय मीनध्वज भन्ने विचारमान मोक्तानलाई आज नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मोक्तानले कम्बोडियाको क्यासिनोमा गार्डमा काम लगाई दिने भन्दै प्रतिव्यक्ति ६ लाख ५० हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले ६ जना व्यक्तिलाई ठगी गरेको बताइएको छ । पक्राउ परेका मोक्तानलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शङ्खधर चोकमा प्रदर्शन गरिएको ऐतिहासिक महाकाली नाच(फोटोफिचर)

मध्यपुर थिमि पोबुबाट प्रदर्शन भएको ऐतिहासिक महाकाली नाच शुक्रबार राति शङ्खधर चोकमा प्रदर्शन

मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा….

लमजुङ ।  मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्स्याङ्दी गाउँपालिका–२

पर्यटकको रोजाइमा म्याग्दीको टोड्के

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने

११ करोड रुपैयाँ बराबरको सुनसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । प्रहरीले मकवानपुरबाट आठ किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ