छोरी बलात्कार गर्ने बुबा र काका प्रहरीद्वारा पक्राउ



पर्वत । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेका बुबा र काकाविरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । पक्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गोप्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले नेता ऐन महरविरुद्धको बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च अदालतको आदेश

काठमाडौं । नेकपा एमालेका नेता ऐन महरविरुद्ध बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च

लेखा समिति सभापतिका पूर्वस्वकीय सचिव पोखरेलविरुद्ध मुद्दा दर्ता, सात वर्ष कैद सजाय माग

विराटनगर । ठगी आरोपमा पक्राउ परेका सार्वजनिक लेखा समितिका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध

जलपर्यटन: ‘भर्जिन ल्याण्ड’ सुदूरपश्चिमले फर्काउन सक्छ लय

काठमाडौं । ‘भन्छन् नि पश्चिममा सूर्य पनि अस्ताउन मात्रै आउँछ ! यस्तै नियति

मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

तेह्रथुम । कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले सुगम बनाउन थालेको छ