डोटीमा चार जना नक्कली परीक्षार्थी पक्राउ



डोटी । अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार जना युवालाई नक्कली परीक्षार्थीको आरोपमा शुक्रबार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुदीपकुमार रोकाया, सुन्दर चौधरी, दीपेन्द्र जप्रेल तथा रामनरेश चौधरी रहेका छन् । उनीहरुले लिखित परीक्षामा अन्य उमेदवार सामेल गर्न लगाई लिखित परीक्षा पास भएपछि अहिले मौखिक परीक्षामा आफैँ उपस्थित भएका कारण छानबिनका क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक केशव पन्तले जानकारी दिए ।

पक्राउ परेकालाई कीर्ते गर्न नहुने कसुरअन्तर्गत मुद्दा चलाउन म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर