सुन पसलमा लुटपाट गर्न खोज्‍ने ६ जना एसएमजीसहित पक्राउ



मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० का खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा लुटपाट गर्न हतियारसहति आएको समूह पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरूलाई सार्वजनिक गरेको छ । यही साउन १ गते उक्त सुन पसलमा तीनवटा मोटरसाइकलमा ६ जना लुटपाट गर्न योजना बनाएर पुगेका थिए । दिउँसो सवा १ बजेतिर सुन पसल लुटपाट गर्ने उद्देश्यले हतियारसहित दुई जना प्रवेश गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डाइमन्ड भनिने प्रमोद चौधरीले कटुवा पेस्तोल र चन्द्रबहादुर राई एसएमजी तथ अन्य एकजनाले अटोमेटिक पेस्तोल बोकेर गएका थिए । बाँकी तीन जना सुन पसलको वरिपरि निगरानी गर्न बसेका थिए ।

पक्राउ पर्नेमा संखुवासभा सभापोखरी गाउँपालिका–४ घर भई हाल इटहरी उपमहानगरपालिका–२० तरहरा डेरा गरी बस्ने ३९ वर्षीय प्रकाश भनिने चन्द्र बहादुर राई, सुनसरी गढी गाउँपालिका–१ बस्ने वर्ष ४५ का डाइमन्ड भनिने प्रमोद चौधरी, संखुवासभा बारबिसे गाउँपालिका ६ घर भई हाल इटहरी उपमहानगरपालिका–२० तरहरा डेरा गरी बस्ने ३० वर्षीय चिरञ्जिीवी राई, मोरङ सुन्दरहरैचा नगरपालिका–५ बस्ने २२ वर्षीय मिशन राई, भोजपुर पौवादुम्मा गाउँपालिका–३ घर भई हाल इटहरी उपमहानगरपालिका–२० तरहरा डेरा गरी बस्ने ३० वर्षीय नगेन्द्र राई र मोरङ सुन्दरहरैचा नगरपालिका–७ बस्ने ३१ वर्षीय सन्तोष राई रहेका छन् ।

लुटपाटको योजना असफल भएपछि उनीहरू बुढीखोलाको बाटो हुँदै इटहरीतर्फ गएका थिए । साथमा लगेको हतियार नमुना सामुदायिक वन जंगलमा रूखको टोड्कोमा लुकाई छिपाई राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

लुटपाट गर्न गएको टोलीलाई स्थानीयले प्रतिकार गरेपछि उनीहरू हतियार देखाउँदै भागेका थिए । प्रहरीले उनीहरूको साथबाट एसएमजी एक, सोको म्याग्जिन एक थान वर ६२ राउन्ड गोली, कटुवा पेस्तोल एक थान, अटोमेटिक पेस्तोल एक थान, म्याग्जिन र दुई राउन्ड गोली, ३०३ राइफलको राउन्ड ४ थान र एमपीआर लेखेको सन्चार सेट बरामद गरेको छ ।

यसैगरी मोटरसाइकल, विभिन्न ब्रान्डका आठ थान मोबाइल, नेपाली नगद १६ हजार र अटो रिक्सा समेत बरामद भएको प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले उनीहरूको खोजीलार्य तीव्र पारेको थियो । प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरूणकुमार बिसीले जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जील मुकारुङको नेतृत्वमा इन्सपेक्टर खनालसहितको विशेष टोली परिचालन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

  मनाङ ।  विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा

पूर्वी चितवनमा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने