राष्ट्रिय राजमार्गहरु निर्माण र मर्मतका लागि संकटकाल लगाऔं !



रञ्जनकुमार दाहाल ।

पुर्वपश्चिम राजमार्गका धेरै खण्डहरु, पृथ्वी राजमार्ग, काठमाडौं उपत्यकाका सडकहरु र धेरैजसो जिल्ला सडकहरुको अवस्था अति नाजुक भएको छ । गाडी किनेर घरमा राखेर चर्को कर तिर्ने अवस्था नेपालमा आएको छ । यस्तै हो नेपालमा भनेर अब हामी कति बस्ने । देशको अर्थतन्त्रमा ठूलो असर पार्ने सडक यातायात यतिसम्म ध्वस्त होला भन्ने कसैले कल्पना गरेको थिएन । अब त राम्रो सडकहरु बन्लान् र देशको आर्थिक विकास मा टेवा पुग्ला भनेर कुरेको मैंले नै ३५ वर्ष भयो ।

१६ किलोमिटर नगरकोट सडकको पुनःनिर्माण सात वर्षमा सकिएन तर हामी कोही पनि लज्जित छैनौं । चरिकोट सडकले दोलखाको सबैलाइ गिज्याएको ५ वर्ष नाघि सकेको छ । यस्ता उदाहरण कति छन् कति । अहिलेको पाराले हुँदैन । यही चालले नारायणगढ–बुटबल सडकको पुनर्निर्माण दश वर्षमा पनि सकिँदैन । तर हामी स्विकार्न तयार छैनौं ।

यसैले अब, सडक संकटकाल घोषणा गरेर काम नगरिएका सडक र अहिले बनिरहेका सडकमा दिन रात काम गराउन अति जरुरी भएको छ । होइन भने नाजुक सडकको कारण सवारी मर्मत गर्न सजिलो होस भनेर सबै प्रकारका सवारी कर लिन बन्द गरौ । सम्बन्धित सबैले यसमा गहन भएर सोचिदिन आग्रह गर्दछु ।
फोटोः दाहालको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ