भोटेबहालबाट १२ जुवाडे पक्राउ



काठमाडौं । काठमाडौँको भोटेबहालबाट लाखौँ नगदसहित १२ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय दिनेशकुमार शेरचनको घरमा केही मानिसले हारजित हुने गरी अवैधरुपमा जुवातास खेलिरहेका छन् भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।

महानगरीय वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले घरधनी शेरचनसहित दोलखा चरिकोटका हरिशरण थापा, भारतको रक्सौल घर भई काठमाडौँ बस्ने राहुल गुप्ता, धादिङ गङ्गाजमुनाका सुमन अधिकारी, काभ्रेपलाञ्चोकका क्षेत्रबहादुर मोक्तान, काठमाडौँ शान्तिनगरका ज्योतिप्रकाश श्रेष्ठ, काठमाडौँ जैसीदेवलकी रञ्जना प्रधान, बागलुङकी सिर्जना खत्री, धादिङ मलेखुकी सरिता मल्ल गुरुङ, काभ्रेपलाञ्चोकका लक्ष्मी बानियाँ, झापा हल्दीबारीका चिना नेम्वाङ र भारत गुजरातका पुष्पा अलीलाई पक्राउ गरेको छ ।

उनीहरुका साथबाट तीन लाख नगद, तीन लाख ७० हजार बराबरको चेक र २१ बुक तास बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार

इलाम ।  पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको

बाढीपहिरोले काभ्रेका ९२ विद्यालयमा क्षति

काभ्रे । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति

भारतीय सेनाका मेजर जनरल देवगनको नेपाल भ्रमण सम्पन्न

काठमाडौं ।  भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाईएसएम, कर्णेल अफ दी

विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति

दमौली ।  विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको