बाघको छालासहित दुईजना पक्राउ



देउखुरी । बाघको छाला बोकी हिँडेका दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

अभियुक्तद्वयले बुधबार बिहान घोराही उपमहानगरपालिका–३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी हिँडिरहेका बेला खटिएका प्रहरीे टोलीले शङ्का लागि खानतलासी गर्दा पाँच फिट दुई इन्च लामो बाघको छाला ४ इन्च लामो नङ्ग्रा र जुँगा बरामद गर्नाका साथै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार

इलाम ।  पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको

बाढीपहिरोले काभ्रेका ९२ विद्यालयमा क्षति

काभ्रे । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति

भारतीय सेनाका मेजर जनरल देवगनको नेपाल भ्रमण सम्पन्न

काठमाडौं ।  भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाईएसएम, कर्णेल अफ दी

विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति

दमौली ।  विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको