काठमाडौंका ‘रेडबुल’ स्टोरमा छापामारी प्रहरीद्वारा चार जना पक्राउ



काठमाडौँ । प्रहरीले काठमाडौँका पाँच स्थानमा रहेका शक्तिवर्द्धक पेय पदार्थ ‘रेडबुल’ स्टोरमा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटारमा रहेको स्टोरमा छापा मारी चारजना स्टोर सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काठमाडौँका रबिनराज श्रेष्ठ, बाँकेका राजु पौडेल, ओेखलढुंगाका धनबहादुर श्रेष्ठ र सर्लाहीका वीरेन्द्र चौधरी छन् । स्टोरबाट ४ हजार ८ सय ४८ वटा रेडबुल बरामद गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखाका अनुसार २०७६ असार दुईमा प्रकाशित राजपत्र भाग–५ मा क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ विक्री, वितरण बन्देज गरिएको छ ।

देशभर सर्वसुलभ रूपमा पाइने रेडबुल प्रतिबन्धित भएको हुनाले बेच्न नमिल्ने महाशाखाले जनाएको छ । उनीहरुले भारतबाट त्यस्ता पेय पदार्थ ल्याएर बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ गरिएकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाइने महाशाखाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार

इलाम ।  पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको

बाढीपहिरोले काभ्रेका ९२ विद्यालयमा क्षति

काभ्रे । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति

भारतीय सेनाका मेजर जनरल देवगनको नेपाल भ्रमण सम्पन्न

काठमाडौं ।  भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाईएसएम, कर्णेल अफ दी

विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति

दमौली ।  विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको