१९ करोड ४३ लाखको चेकसहित मिटरब्याजी पक्राउ



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १९ करोड बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

दोलखा घर भई भक्तपुर बस्ने प्रकाश कार्की र रामेछाप घर भई काठमाडौँ बस्ने हेमरा गुभाजुले लिएको ऋणमा उनले चर्को मिटरब्याज लगाएका थिए । प्रकाशबाट पटकपटक गरी चार करोड १६ लाख रकमको चेक र हेमराज गुभाजुबाट चार करोड १४ लाखको चेक लिई रकम दिन मानसिक दबाब दिँदै आएको खुलेको छ ।

उनले पीडितलाई त्रासमा पारी बाहिर हिँडडुल र घुमफिर गर्नसमेत बन्देज गराई आपराधिक गिरोहसमेतको प्रयोग गरी ज्यान मार्नेसम्मको धम्की दिएको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

उनको साथबाट विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८६० बराबरको चेकसमेत बरामद गरिएको छ । प्रतिवादीले अन्य व्यक्तिसमेतलाई चर्को मिटर ब्याजमा रकम दिने गरेको अनुसन्धानमा खुलेको छ ।

यसैबीच महोत्तरीको पिपरा गाँउपालिकाका फरार प्रतिवादी सन्तोषकुमार मिश्रलाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँबाट पक्राउ गरेको छ ।

काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–८ हात्तीगौँडामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी आजै फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइएको ब्यूरोले जनाएको छ । लेनदेन बिगो मुद्दामा ३५ लाख र त्यसको ब्याजसमेत भराउने गरी महोत्तरी जिल्ला अदालतले फैसला गरे पनि उनी फरार हुँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

काठमाडौँ । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छभने

मनसुन क्रमशः क्षीण हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा

नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते गर्ने निर्णय

भक्तपुर । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले आगामी मङ्सिर

कैलालीमा गम्बोरो रोगले मरे पाँच हजार भन्दाबढी कुखुरा

कैलाली ।  कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार बढी कुखुरा