बालक हत्याको अभियोगमा कैलालीमा दुई किशोरी पक्राउ



कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ मुनुवा रोड बस्ने दिलिप बिष्टको छोरा साढे तीन वर्षीय गोलु भन्ने विवेक बिष्टको हत्या गरेको अभियोगमा २ किशोरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १५ वर्षीया किशोरी र टीकापुर नगरपालिका–१ डेरा गरी बस्ने लम्की चुहा नगरपालिका–६ घर भएकी १४ वर्षीया किशोरी रहेका छन् ।

दिदी नातापर्नेसँग जामुन खान गएको अवस्थामा सोमबार बिहानदेखि बेपत्ता भएका विकेकको खोजी गर्ने क्रममा टिकापुर नगरपालिका–४ घोयली उपभोक्ता वनस्थित जमरा कुलोमा बुधबार साँझ शव फेला परेको थियो ।

उक्त घटनाको थप अनुसन्धानका लागि तत्काल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट २ वटा स्नीफङ डग सहित खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

विकेकलाई पारिवारिक रिसइवीका कारण हत्याको योजना बनाई जामनु खाने निहुँमा घरबाट करिब ५ सय मिटर टाढा कुलोमा लगि बालकले लगाएको चाँदीको बाला निकाली बालकलाई धक्का दिई कुलोमा खसाली हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै

काठमाडौं । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

काठमाडौँ । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छभने

मनसुन क्रमशः क्षीण हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा

नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते गर्ने निर्णय

भक्तपुर । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले आगामी मङ्सिर